संकटालाई आहा रारा पोखरा गोल्डकपको उपाधि



पोखरा । संकटा क्लबले २२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा भुटानी युथ स्पोर्ट्स क्लब (बीवाइएससी)लाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो ।

अतिरिक्त समयको अन्त्यतिर कप्तान सुनिल बलले निर्णायक गोल गरेपछि भुटनिज युथ एससी अमेरिकालाई ३–२ ले हराउँदै संकटाले उपाधि जितेको हो । संकटाले पहिलो अग्रता लिएको थियो । सुरजज्यु ठकुरीले खेलको सातौं मिनेटमै गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । संकटाका लागि दोस्रो गोल मेसुकीले गरे । ३४ औं मिनेटमा मेसुकीले गोल गर्दा संकटाले अग्रता बढायो ।

तर पहिलो हाफमा सम्हालिन नसक्दा संकटाले २ गोलको अग्रता गुमायो । ३७ औं मिनेटमा बीवाइएससीका रेने स्यान्टिलनले गोल गरे । २–१ ले पछि परेको बीवाइएससीले पहिलो हाफको इन्जुरी समयमा एक गोल थप्दै खेल बराबरी ग¥यो । बीवाइएससीका लागि विलिस ग्रिफिथले गोल गरे । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगिताको विजेता संकटाले उपाधिसहित १२ लाख र दोस्रो भुटनिज युथले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले