भुटनिज युथ स्पोर्टस अमेरिका आहा राराको फाइनलमा



पोखरा । भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका पोखरा आहा रारा गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाईज युनाईटेडको चुनौतिलाई १–० गोलले पन्छाउँदै पाहुना टोली भुटनिज फाईनल प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समय ४८ औं मिनेटमा भुटनिज युथ स्पोर्टसले गोल गरेको थियो ।

प्रविन बस्नेतको फ्लिक पासलाई सदुपयोग गर्दै रोजिन प्रजापतिले निर्णायक गोल गरे । खेलको ८४ औं मिनेटमा आशिष चौधरीले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि चर्च ब्वाईज दश खेलाडीमा सीमित भएको थियो ।

खेलमा भुटनिजका रोजिन प्रजापति म्यान अफ दि म्याच भए । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा रहेको २२ औं आहा रारा पोखरा गोल्डकपको उपाधिको लागि संकटा र भुटनिज युथ स्पोर्टस क्लब बीच शनिबार प्रतिस्पर्धा हुने छ ।

विजेता क्लबले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छ । उत्कृष्ट पाँच विधाकाले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले