टि-ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्स विजयी



काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई छ विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो ।

नौ खेलमध्ये छ मा जित तथा तीन खेलमा हार बेहोरेको जनकपुरले १२ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।

प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान नौ खेल नै खेलको लुम्बिनीले आठ खेलमा जित र एक खेलमा हार बेहोरे पनि १६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

आजको खेलमा पोखराले जनकपुरलाई जितका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले नौ ओभरमा चार विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जितमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे ।

त्यस्तै पवन सरार्फले चार रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान एक/एक रन जोडे । बलिङतर्फ पोखराका कुशल मल्लले तीन विकेट लिए भने असिथा फर्नान्डोले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६÷१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले तीन विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान दुई/दुई विकेट लिए । त्यस्तै पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान एक/एक विकेट झारे । यससँगै नौ खेल खेलेको पोखराले तीनमा जित तथा छ खेलमा हार बेहोर्यो । छ अङ्क बटुलेको पोखरा अङ्क तालिकाको पाँचाँै स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी यू–१६ क्रिकेट इस्ट कपमा नेपालको विजयी सुरुवात

काठमाडौँ । नेपालले एसीसी यू–१६ इस्ट जोन प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले नेपाललाई जितको लागि

एसिसी यु–१६ कप क्रिकेट : नेपालले पहिलो खेल आज सिङ्गापुरसँग खेल्दै

  काठमाडौँ ।  मलेसियामा आजदेखि एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु

काठमाडौँ जिल्लाव्यापी फुटसलमा तारकेश्वर प्रथम

काठमाडौँ । काठमाडौँ जिल्लाव्यापी फुटसल प्रतियोगिताको उपाधि तारकेश्वर नगरपालिकाले हात पारेको छ ।