‘टी-२० लिगमा म्याच फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ’



काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले म्याच फिक्सिङको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत खड्काले यस घटनाको निष्पक्ष छानबिनको माग गरेका हुन् ।

उनले भनेका छन्, ‘नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरु पार गर्दै राम्रो स्वरुप लिने क्रम जारी थियो । यो अनवरत यात्रा र उतारचढावकाकै बीच नेपाल टी-२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ । खेलाडीहरुको बर्षौंदेखिको लगाव, खेलप्रेमीहरुको निःस्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरुको विश्वासलाइ यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्याएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाइ कडा कारवाही गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
किन गयो नाम्खामा हिमपहिरो ?

काठमाडौँ । हुम्लाको नाम्खा हिमपहिरासम्बन्धी अध्ययन गर्न गठित समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

विश्व बैंकले नेपालमा रोजगारी सृजना, जलवायु अनुकूलन र विपद जोखिम न्यूनीकरणका क्षेत्रमा लगानी बढाउने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख

राष्ट्रिय महिला भलिबलमा पुलिस र एपिएफ फाइनलमा

कास्की । पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित एक कर्मचारी र बिचौलिया पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापामारी दुई जनालाई