मनाङलाई हराउँदै अमेरिकी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा



गण्डकी । आहा रारा पोखरा गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लबलाई हराउदै बिवाईएससी मिनेसोटा अमेरिका सेमिफाइलनमा प्रवेश गरेको छ । ६ पटकको आहा राराको विजेता मनाङ मस्र्याङ्दीलाई बिवाईएससी मिनेसोटा अमेरिकाले १–० गोलमा पराजित गर्यो । आमन्त्रित पाहुना टोलीले सुखद शुरुवात गर्दा गोल्डकपको इतिहास बोकेको मनाङ बाहिरियो ।

पाहुना टोलीको लागि प्रविन बस्नेतको गोल निर्णायक बन्यो । बस्नेतको गोलमा दोस्रो पटक सहभागिता जनाएको अमेरिकन टोली सेमिफाइनल पुग्यो । अन्तिम चारमा प्रवेश गरेको पाहुना टोलीले चर्च ब्वाईज युनाईटेडसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको छ ।

२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको बुधबार पहिलो सेमिफाईनल खेल सशस्त्र प्रहरी बल(एपीएफ) र संकटा क्लब बीच हुनेछ । सशस्त्र र संकटा दुवै एक एक पटकको आहा रारा गोल्डकपका च्याम्पियन समेत हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

काठमाडौँ । यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक

प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लवले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको

मधेशलाई टिबी शाह स्मृति यु–१६ क्रिकेटको उपाधि

कर्णाली । टिबी शाह स्मृति यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले हात