आर्मीलाई हराउँदै संकटा आहा रारा गोल्डकपको सेमिफाइनलमा



पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ३–१ गोलअन्तरले पराजित गर्दै संकटा २२ औं आहा रारा पोखरा कपको सेमिफाइनलमा प्रवेश गर्यो । सेमिफाइनलमा संकटाले एपीएफसँग खेल्ने छ ।

संकटा क्लबको जितमा मेसुके, सुरज जिउ ठकुरी र स्टेफन बिनोङले एक÷एक गोलको योगदान गरे । आर्मीका लागि नवयुग श्रेष्ठले खेलको १५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेर अग्रता लिए पनि जितका लागि प्रयाप्त भएन ।

खेलको १४ औं मिनेटको आर्मीका दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाए पछि आर्मीले पेनाल्टी पाएको थियो ।

खेलको ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबर बनाए । उनले सुनिल बलले दिएको सट्पासलाई गोलमा परिणत गरेका थिए । खेलको ७३ औं मिनेटमा संकटाका सुरज जिउ ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फिर्ता भएको बललाई गोलमा परिणत गरे । अतिरिक्त समयको ६ औं मिनेटमा स्टेफन बिनोङले गोल गरे । मंगलबारको खेल मनाङ मस्याङदी क्बल र भुट्निज क्बलबीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले