पोखराद्वारा काठमाडौँ पराजित



काठमाडौं । पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई पराजित गर्दै पहिलो संस्करणको नेपाल टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा पोखराले काठमाडौँलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो । काठमाडौँले दिएको एक सय ६५ रनको लक्ष्य पोखराले १९ दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पोखराको जितमा सुमित महर्जनले सर्वाधिक ७६ रनको योगदान दिए । ५२ बल खेलका उनले तीन छक्का र सात चौकाको मद्दतमा ७६ रनको योगदान दिएका हुन् । त्यसैगरी पोखराका कप्तान उपुल थरङ्गाले ५८ रनको योगदान दिए । ४९ बल प्रहार गरेका उनले एक चौका र पाँच चौकाको मद्दतमा ४९ रन बनाएका हुन् ।

कुशल मल्लले अविजित १४ रन जोडे भने शासिफ शेखले सात तथा सिद्धान्त लोहनीले ३ रन बनाए । बलिङतर्फ काठमाडौँका कमल ऐरीले तीन विकेट लिए भने अनिल खरेल र अविनाश बोहोराले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । काठमाडौँका लागि एलेक्स ब्लाकेले सर्वाधिक ६४ रनको योगदान दिएका थिए भने सुमन गौतमले ४५ रन बनाएका थिए ।

त्यस्तै विरनदीप सिंहले ३२ तथा रयान बुर्लले १० रन जोडेका थिए । काठमाडौँलाई एक सय ६४ रनमा समेट्ने क्रममा पोखराका तुलबहादुर थापाले दुई विकेट लिए भने कुशल मल्ल र प्रतिश जिसीले समान एकरएक विकेट लिए ।

यो जितसँगै आठ खेलमा तीन जित तथा पाँच खेलमा हार बेहोरेको पोखरा ६ अङ्क जोड्दै अङ्क तालिकाको चौथो छ । त्यस्तै छ खेलमा तीनमा जित तथा तीन खेलमा हार बेहोरेको काठमाडौँ ६ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ । प्रतियोगिताको विजेता टोलीले ५५ लाख तथा उपविजेताले ३० लाख पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले