मछिन्द्रलाई पराजित गर्दै चर्च ब्वाईज आहारारा गोल्डकपको सेमिफाइनलमा


पोखरा । आहा रारा पोखरा गोल्डकपमा मछिन्द्रलाई हराउदै चर्च ब्वाईज सेमिफाइलनमा प्रबेश गरेको छ । आइतबार भएको खेलमा चर्च ब्वाईजले मछिन्द्रललाई ३–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा तय गर्दा साविक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटलब क्लब बाहिरिएको छ ।

पहिलो हाफमै दुई गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफ भने केही सुधारिएको प्रदर्शन गर्यो । चर्चले पहिलो गोल २३ औं मिनेटमा गर्यो । अन्जन विष्टले मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ मात्रै भएको अवस्थामा गरेको हेडरलाई बचाए । क्लियर हुन नसकेको बललाई आशिष चापागाँईले गोलमा परिणत गरे ।

चर्चले पहिलो हाफको अतिरिक्त समयमा अर्को गोल गर्दै पहिलो हाफमा २–० ले अग्रता बनायो । आशिष चापागाँईले मछिन्द्रका तीन जना डिफेण्डरको बीचबाट प्रहार गरेको बलले जाली चुमाउदै गोल गरे । त्यसै गरी चर्चले ६७ औं मिनेटमा अर्को गोल थप्यो । आशिष चापागाँईको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे ।

खेलमा चर्च ब्वाईजका आशिष चापागाँई म्यान अफ दि म्याचको पुरस्कार पाए । सोमबार तेस्रो क्र्वाटरफाईनल खेल संकटा विरुद्ध त्रिभुवन आर्मी क्लब बीच हुने छ । सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा प्रयोगिता भएको हो ।