फुटबल सम्राट पेलेको निधनमा कसले के भन्यो ?



तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ । साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन् । उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई नै रूपान्तरण गरेका थिए । ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताएका छन् ।

फ्रान्सका केलियन एमबाप्पेले उनको विरासतलाई ’कहिल्यै नबिर्सने’ बताएका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनलाई ’लाखौंका लागि प्रेरणा’ भनेका छन् ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनको आत्माको शान्तिका लागि प्रार्थना गरेका छन् ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रधका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उनप्रति श्रद्धा व्यक्त गरेका छन् ।

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उनको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएका थिए ।

महान् फुटबलर पेलेका समर्थकहरूले फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ । उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी हुन् ।

गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए । उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर उनले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगतमा अमर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।

चालक दलका सदस्य एकाएक विरामी भएपछि एयर इन्डियाका ७० उडान रद्द

बुधबार एयर इन्डिया एक्सप्रेसका ७० वटा भन्दाबढी अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू वरिष्ठ चालक

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु

हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३