मंगलबारदेखि सूर्य नेपाल इस्टर्न ओपन गल्फ



काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता मंगलबारबाट सुरु हुने भएको छ ।

आइतबार नेपाल गल्फर एशोसिएशन (एनपिजिए) ले पत्रकार सम्मेलन गर्दै इस्टर्न ओपन गल्फ मंगलवारबाट धरानस्थित गल्फ क्लवको कोर्समा आयोजना हुने जनाएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने एनपिजिएका महासचिव दीपक आचार्यले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

धरान गल्फ कोर्समा आयोजना हुने दोस्रो प्रतियोगितामा प्रोफेसनल शुक्रबहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणि राई, संजय लामा, धन थापा लगायतले प्रतिष्पर्धा गर्नेछन् । यस्तै एमेच्योर गल्फरको पनि सहभागिता रहनेछ ।

प्रतियोगिताको अन्तिम दिन १८ होलमा खेल आयोजना हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ७५ हजार रुपैयाँ छ ।

३० डिसेम्बरसम्म ५४ होलसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैया प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार रुपैया हात पार्नेछन् । यस्तै चौथोदेखि शीर्ष २१ सम्म अटाउनेले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले