लुम्बिनी अल स्टार विजयी



काठमाडौं । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी विराटनगरलाई दुई रनले पराजित गदै विजयी भएको हो ।

लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५५ रनमा समेटियो । विराटनगरका लागि हुसेन तलातले सर्वाधिक २९ रन बनाए भने रोहितकुमार पौडेलले २५ रन बनाए ।

त्यस्तै सिकन्दर राजाले १७, अर्जुन साउदले १० तथा पृथु बाँस्कोटाले १८ रन बनाए । यता लुम्बिनीका लागि किशोर महतोले दुई विकेट लिए भने सागर ढकाल, गुलसन झा, दीपेन्द्रसिहं ऐरी र प्याट ब्रोनले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ५७ रन बनाएको थियो।

लुम्बिनीका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८० रनको योगदन दिए । उनले ६३ बलमा पाँच चौका र चार छक्काको सहयोगमा अविजित ८० रन बनाएका हुन् । यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने कप्तान दीपेन्द्रसिहं ऐरीले १६ रन बनाए ।

विपुल शर्मा ११ र अनिल शाह छ रनमा आउट भए । यता विराटनगरका लागि नन्दन यादव, हुसेन तलात, शाहब आलम, आन्द्रे म्याकार्थी र सिकन्दर राजाले समान एक/एक विकेट लिए । यस जितसँगै लुम्बिनीको चार अङ्क जोडिएको छ ।

प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले १० लाख तथा चौँंथोले रु पाँच लाख पाउने छन् । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी

एनपीएलको फ्रेन्चाईज टीम चितवन राईनोजको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज टीम  चितवन राईनोजको लोगो सार्वजनिक गरिएको

नेपालमा पहिलो पटक आयोजित फ्रेन्चाइज भलिबलमा ललितपुरको जित

  काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज एभरेस्ट महिला भलिबल लिग

‘टि- ट्वान्टी सिरिज’ क्रिकेटमा नेपालद्वारा ओमान पराजित

काठमाडौँ । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिज क्रिकेटअन्तर्गत आज भएको खेलमा नेपालले