ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्व कपको सेमिफाइनलमा



काठमाडौं । पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टीशुट आउटमा हराउँदै क्रोएसिया विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हराएको हो ।

यसअघि निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा ब्राजिलका लागि नेयमारले गोल गरे ।

तर त्यो अग्रता धेरै बेर टिकेन । क्रोएसियाका लागि ब्रुनो पेटकोभिकले गोल गर्दै खेल एक–एकको बराबरीमा पुर्याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्व कपको उपाधि जितेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोली घोषणा गरेको छ ।

एभर्टनद्वारा लिभरपुर पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानको लिभरपुल १६औं स्थानको एभर्टनसँग पराजित भएको