काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो खेलमा घानाले दक्षिण कोरियालाई हराएको छ । घानाले दक्षिण कोरियालाई ३–२ गोलले हराएको हो । पहिलो हाफमा घानाले २–० को अग्रता लिएको थियो । उसका लागि मोहम्मद सलिसुले २४ औँ र मोहम्मद कुदुसले ३४ औँ मिनेटमा गोल गरे ।
दोस्रो हाफको ५८ औँ र ६१ औँ मिनेटमा चो ग्यु सङले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउने सङ्केत गरेका थिए । तर ६८ औँ मिनेटमा घानाका कुदुसले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए । यो जितसँगै घाना तीन अङ्कसहित समूह ’एच’ को दोस्रो स्थानमा उक्लिएको छ । दक्षिण कोरिया एक अङ्कसहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया