विश्वकप फुटबलमा पोर्चुगल विजयी


काठमाडौं । फिफा विश्वकप फुटबलमा पोर्चुगल विजयी भएको छ । आज भएको खेलमा घानाविरुद्ध ३–२ गोलको जित निकाल्दै स्पष्ट ३ अंक पनि जोडेको छ । जितसँगै पोर्चुगलले समूहको शीर्ष स्थानमा रहेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सवै गोल दोस्रो हाफमा निस्किएका हुन् । पोर्चुगलले सुरुवाती अग्रता भने पेनाल्टीमार्फत लिएको हो । ६५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोलाई डि बक्समा घानाका मोहम्मद सुलेसुले फल गरेका थिए । त्यसपछि पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेपछि पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो ।

रोनाल्डो विश्वकप फुटबलमा सर्वाधिक उमेरमा गोल गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । सर्वाधिक उमेरमा गोल गर्ने कीर्तिमान भने रोजर मिलाको नाममा रहेको छ । रोनाल्डोले गोल गरे लगत्तै घानाले पनि आक्रमक खेल पस्कदै जवाफी गोल गोल फर्काएको थियो ।