काठमाडौं । नेपाली सेनाको आयोजनामा हुने पाँचौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय ट्राइ एडभेन्चर प्रतियोगिता आगामी मङ्सिरमा हुने भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीको सहभागिता रहने प्रतियोगिता आगामी मङ्सिर ९ गते हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका सेनानी एवं उक्त प्रतियोगिताका निर्देशक राजीव चन्दले जानकारी दिए ।
उनले प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टोलीले आगामी मङ्सिर १ गतेसम्म टिम दर्ता गराउन पाउने बताए । प्रतियोगितामा निःशुल्क टिम दर्ता गराउन पाइनेछ ।
दौड, साइक्लिङ र र्याफटिङ समावेश हुने प्रतियोगितामा एक टिममा चार खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले दुई लाख प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले एक लाख ६० हजार पाउनेछ ।
त्यसैगरी प्रतियोगितामा तेस्रोले एक लाख, चौथोले २० हजार र पाँचौँ हुने टोलीले १० हजार पाउनेछन् ।

प्रतिक्रिया