म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा सेरिफ टिरास्पोललाई ३-० गोलअन्तरले हराएको छ। कारबाहीपछि टिममा फर्केका क्रिस्टियानो रोनाल्डोले खेलको लयमा फर्कदै गोल गरेका थिए। उनले टिरास्पोलविरुद्ध ८१औं मिनेटमा गोल गरेका हुन्। यद्यपि त्यस अगाडि डिएगो डालट र मार्कस रसफोर्डले युनाइटेडका लागि गोल गरिसकेका थिए।
युरोपा लिगको समूह ‘ई’ को म्यानचेस्टरको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डोले आफ्नो खेल जीवनको ७०१ औं गोल गरेका हुन्। जितसँगै समूह ‘ई’ मा युनाईटेडले ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा छ। टिरास्पोल ३ अंक जोडेर तेस्रो स्थानमा छ।
इंग्लिस प्रिमियर लिगमा चेल्सविरुद्धको खेलमा सफ्टिच्यूट खेलाडीका रूपमा मैदानमा प्रवेश गर्न अस्वीकार गरेपछि उनलाई अनुशासनको कारबाही गर्दै टिमबाट बाहिर राखिएको थियो।
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनललाई भने पीएसभी आयनहोभनले २(० अन्तरले पराजित गर्यो। हारका बावजुद आर्सनल समूह ‘ए’ को शीर्षस्थानमै रहेको छ ।
बिहीबारका अन्य प्रमुख खेलमा रिय बेटिसले लुडोगारेट्सलाई २-०, रियल सोसिडाडले ओमानिया निकोसियालाई २-० र एएस रोमाले एचजेक हेलसिन्कीलाई २-१ ले पराजित गरे।

प्रतिक्रिया