काठमाडौं । राजधानीमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितअन्र्गत बुधबार भएको पहिलो खेलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गर्दै प्रतियाोगितामा सुखद सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा मैदानमा भएको खेलमा भारतले पाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पाकिस्तानको आत्मघाती गोलबाट भारतले पहिलो अग्रता लियो ।
खेलको २१औँ मिनेटमा पाकिस्तानकी कप्तान मारिया खानले आफ्नै पोष्टमा आत्मघाती गोल गरिदिएपछि भारतले पहिलो अग्रता लिएको हो । मारियाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै भारतले दोस्रो अग्रता लियो । खेलको २३औँ मिनेटमा भारतीय खेलाडी ग्रेस डाङमीले गोल गर्दै भारतलाई दोस्रो अग्रता दिलाएकी हुन् ।
त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भारतकी सौम्या गुगुलोथले एक गोल थप्दै खेललाई ३–० को जित दिलाइन् । यस जितसँगै भारतले शीर्ष तीन अङ्क जोडेको छ । पाकिस्तानले भने प्रतियोगितमा हारबाट सुरुवात गर्यो ।

प्रतिक्रिया