साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई ४–० ले हरायो


काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मङ्गलवार भएको उद्घाटन खेलमा भुटानलाई चार–शून्यले हराउँदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे ।