काठमाडौं । साफ यू २० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ । भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्समाथि ४–० को फराकिलो जित निकाल्दै नेपालले सानदार सुरुवात गरेको हो ।
खेलको ४१औँ मिनेटमा दीपेश गुरुङको गोलमा अग्रता बनाएको नेपाल पहिलो हाफमा एक गोलले अग्रता बनायो। खेल अवधिभर दवाब बनाएको नेपालका लागि दोस्रो गोल सुगम सुवालले ५८औँ मिनेटमा गरे । त्यस्तै, ६१औँ मिनेटमा कृतिश रत्न छुन्जुले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै तेस्रो गोल गरे। यस्तै, चौथो गोल इन्ज्युरी समयमा मनग्य नकर्मीले गरे।
उनी ८३औँ मिनेटमा कृतिशको स्थानमा मैदान प्रवेश गरेका थिए । प्रतियोगितामा नेपालले दोस्रो खेल श्रीलंकासँग जुलाई २७, भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबिच अगस्ट ५ मा फाइनल खेल हुनेछ।

प्रतिक्रिया