भलिबलमा गण्डकीलाई स्वर्ण


पोखरा । १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशले पुरुष भलिबलमा स्वर्ण पदक जितेको छ । बिहीबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ३-२ ले पराजित गर्दै गण्डकीले स्वर्ण पदक जितेको हो ।

पहिलो र दोश्रो सेट २५-११ र २५-१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो सेट २५-१० र चौथो सेट २५-२० ले लुम्बिनीलाई सुम्पिएको थियो । तर अन्तिम तथा पाँचौ सेट भने गण्डकीले १५-१२ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको हो ।