काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् । श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी २० क्रिकेटमा डम्बुला जायन्ट्सबाट सन्दीप खेलने पक्का भएको छ । एलपीएलको ड्राफ्टमा डम्बुलाले उनलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो ।
उनी ४० हजार डलरमा डम्बुलामा अनुबन्ध भएको जनाइएको छ । लंका प्रिमियर लिग जुलाई ३१ देखि अगस्ट २१ तारिखसम्म चल्ने छ । सन्दीपसँग फ्रेन्चाइज क्रिकेटमा आईपीएलबाट डेब्यु गरेका थिए भने, विग बास, पीएसल लगाएतका चर्चित लिगहरु खेलेको अनुभव रहेको छ।

प्रतिक्रिया