बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश



काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् भने कविता कुँवरले अविजित ३ रन बनाइन् ।

बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक/एक विकेट लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोडिन् । कप्तान दिपीका रासंगिका र थरंगाले २/२ रन जोडिन् ।

नेपालकी कविता कुँवर र सबनम राईले २÷२ विकेट लिइन् भने अश्मिना कर्माचार्यले १ विकेट झारिन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । नेपालले भोलि हङ्कङसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टी-२० आई सिरिजमा नेपालद्वारा अमेरिका १७ रनले पराजित

काठमाडौं । पहिलो टी–२० आई खेलमा नेपालले घरेलु टोली अमेरिकालाई पराजित गरेको छ

अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका आइसीसी टी–२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौँ । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त

नेपाली क्रिकेट टोलीको मेन्टरमा दासानायके नियुक्त

  काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक