काठमाडौं । नेपालका युवा ब्याटर रोहित पौडेलले एकदिवसीय क्रिकेटमा पहिलो शतक बनाएका छन् । शुक्रबार पपुवा न्युगिनीसँगको खेलमा रोहितले शतक बनाएका हुन् । उनले ९१ बल खेल्दै सय रन पूरा गरेका हुन् । रोहित नेपालबाट एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् ।
यसअघि २०१९ मा पारस खड्काले संयुक्त अरब इमिरेट्स (यूएई) सँगको तेस्रो एकदिवसीयमा एक सय १५ रनको शतकीय पारी खेलेका थिए । अहिले नेपालले त्रिवि मैदानमा पीएनजीले दिएको दुई सय ९३ रनको लक्ष्य पछ्याइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९२ रन बनाएको थियो ।

प्रतिक्रिया