जाउलाखेल र सङ्कटा बराबरीमा



काठमाडौं । शहीद स्माकरक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको जाउलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आफ्नो अन्तिम खेलमा जाउखेल र सङ्कटाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । जावलाखेलका लागि सुनिल खड्काले गोल गर्दा सङ्कटाका लागि भने उत्तम राईले बराबरी गोल फर्काए । खेलको १४औँ मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका हुन् ।

त्यस्तै खेलको ६१औँ मिनेटमा उत्तम राईले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । सङ्कटाले लिगमा १३ खेलबाट ३ जीत, ७ बराबरी र ३ हारसहित १६ अङ्क जोड्यो । यता जावलाखेलले १३ खेलबाट ३ जित, ५ बराबरी र ५ हारसहित १४ अङ्क जोड्यो ।

थ्री स्टार र ब्रिगेड ब्वाइजको बराबरी
त्यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आजै भएको अर्को खेलमा थ्री स्टार क्लब र ब्रिगेड ब्वाइज क्लबवीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ । खेलमा पहिलो अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको ५६औँ मिनेटमा प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको दोस्रो हाफको अतिरिक्त समयमा थ्रीस्टारका डोना थापाले गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा सकियो । यस बराबरीसँगै थ्रीस्टारले १३ खेलमा १९ अङ्क जोडेको छ । ब्रिगेड व्वाइजले १३ खेलमा ८ अङ्क जोड्यो । यस सिजको लिगमा ब्रिगेड ब्वाइज रेलिगेसनमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी  कञ्चनपुरमा  सम्मानित

  कञ्चनपुर । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका सदस्यलाई

रङ्गशाला निर्धारित समयमा सम्पन्न गर्न खेलकुदमन्त्री महर्जनको निर्देशन

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले हेटौँडा–६ मा निर्माणाधीन गौरिटार

‘मेरो गोल, लैङ्गिक हिङ्साविरुद्धको बोल’ नारासहित हलेसीमा महिला फुटबल प्रतियोगिता

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको खुला महिला फुटबल प्रतियोगितामा १७ टोली

माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  गण्डकी । कास्कीको माछापुछ्रे गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु