सातदोबाटोमाथि जावलाखेलको जित



काठमाडौं । नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ता गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लिगमा दोस्रो जित निकालेको हो ।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो । जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे । खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाडेको सातदोबाटो खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन ।

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ । सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ । यसँसँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन् । साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । ६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयरकप भोजपुर गोल्डकप हुँदै

भोजपुर । प्रत्येक वर्ष सञ्चालन हुने भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप

वर्षाका कारण खेल रद्द हुँदा नेपाल विश्वकपमा पुग्न असफल

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द हुँदा

छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक

राँझा (बाँके) । लामो समयपछि नेपालगञ्जमा आयोजना भएको अन्तर्राष्ट्रियस्तरको  लुम्बिनी कप महिला फुटबल

‘केपी ओली कप ’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला