टेनिस एकलतर्फ नेपाली खेलाडी अभिलाषा र आरभ पराजित



पोखरा । पोखरामा जारी ‘आइटिएफ गल्र्स/ब्वाइज यू–१८ वल्र्ड र्याङ्किङ टेनिस टुर’अन्तर्गत बुधबार एकलतर्फको खेलमा नेपालका नम्बर १ खेलाडीद्वय अभिलाषा विष्ट र आरभ सम्राट हाडा पराजित भएका छन् ।

विश्व टेनिस महासङ्घसँगको सहकार्यमा कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित टेनिस कम्लेक्समा सञ्चालन भएको खेलमा महिलातर्फ नेपाली खेलाडी अभिलाषा भारतकी भानिष्का मारिया र आरभ भारतकै खेलाडी हितेश चौहानसँग पराजित भएकी हुन् । अभिलाषाले खेलमा पहिलो सेट ३–६ अङ्क र दोस्रो सेट ५–७ अङ्कले गुमाइन् ।

पुरुषतर्फ आरभले पहिलो सेट २–६ अङ्क र दोस्रो सेट ३–६ अङ्कले पराजित भए । महिलातर्फको अर्को खेलमा नेपालका सलोनी तामाङले क्वाटरफाइनलको यात्रा तय गर्न सफल भइन् । सलोनीले भारतका सेहीनी सञ्जय मोहन्तीसँग टाइब्रेकरमा खेल आफ्नो पक्षमा पार्न सफल भइन् । पहिलो सेट ३–६ ले गुमाएकी सलोनीले दोस्रो सेट ६–४ ले आफ्नो पक्षमा पारिन् भने अन्तिम सेट ७–५ अङ्कले जित्न सफल भइन् ।

महिलातर्फ नेपालका आद्या पौडेल भारतका हाना नागपालसँग पराजित भइन् । उनीसँग ६–०, ६–१ छङ्कले पराजित हुनुभएको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । नेपाली खेलाडी प्रकृति श्रेष्ठ भारतका खेलाडी मेहेर मिश्रसँग ६–३, ७–५ ले हार बेहोर्न पुगिन् । नेपालका अर्की खेलाडी सर्वाणी श्रेष्ठले भारतका शुखमनी भण्डारीसँग टाई ब्रेकरमा आफ्नो खेल गुमाइन् ।

पहिलो सेट ६–४ ले पराजित भएकी सर्वार्णीले दोस्रो सेटमा खेलमा फर्किंदै ६–२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि तेस्रो सेट ६–१ ले गुमाउन पुगिन् । पुरुषतर्फको खेलमा रुसी खेलाडी मात्वे ग्रेसनर भारतका दक्ष प्रसादसँग टाइब्रेकरमा ६–४, २–६ र ६–४ अङ्कले पराजित भए।

यसैगरी भारतका चन्दन शिवराजले अमेरिकाका जय दत्तलाई ६–४, ४–६, ६–४ अङ्कले, डेनमार्कका नोर्डल क्लाउजनले भारतका धञ्नजय आत्रेयलाई ६–४, ४–६, ६–३ ले, अमेरिकी खेलाडी सिद्धार्थ लामाले इजरायली खेलाडी हालेल आशुषलाई ६–१, ६–४ अङ्कले पराजित गर्न सफल भए ।

प्रतियोगितामा एकलतर्फ जित निकाल्न नसकेका नेपाली खेलाडीले ‘डबल्स’तर्फ भने उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । नेपालका अर्यान गिरी र आरभ सम्राट हाडाको जोडीले भारतका हितेश चौहान र चन्दन शिवराजको जोडीलाई ७–६ र ६–१ अङ्कले पराजित गर्न सफल भएको छ ।

महिलातर्फ नेपाली खेलाडी अभिलाषा र सलोनीको जोडीले भारतका सुखमनि र हेनाको जोडीलाई ७–५, ६–४ को सोझो सेटमा पराजित गर्यो भने नेपालकै ईशा श्री शाह र श्रवणीको जोडीले भारतको श्रीतन्वी र भान्सिकालाई ६–२, ६–२ ले पराजित ग¥यो । प्रतियोगितामा नेपालसहित नौ देशका ६४ खेलाडीले सहभागिता जनाएको सङ्घका सचिव नवीन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त