राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

उनी नेपाल रग्बी संघका अध्यक्ष तथा एशिया रग्बी संघका सदस्यसमेत हुन् । खेलकुद मन्त्रालयले मंसिर ४ गते सदस्य सचिवका लागि दरखास्त माग गरेको थियो । कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेयता राखेपको कार्यकारी पद रिक्त थियो । करिब डेढ महिनापछि राखेपले नयाँ कार्यकारी पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल टी ट्वान्टी लिगको घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि सुवास तामाङलाई

काठमाडौं । सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका

साग स्वर्ण पदक विजेता सञ्जु रहिनन्

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु

नवौँँ राष्ट्रिय खेलकुदको तयारी गर्न सकस

महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको