फुटबल संघलाई २० थान फुटबल सहयोग


काठमाडौं । नेकपा एमाले निकटको अनेरास्ववियूका नेता भुवन आचार्यले रामेछाप जिल्ला फुटबल संघलाई फुटबल सहयोग गरेका छन् । आचार्यले फुटबल संघलाई २० वटा फुटबल सहयोग गरेका हुन् ।

रामेछापमा फुटबलको विकासका लागि सहयोग गरेको उनले बताए । उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताएका छन् । औषधि व्यवसायीसमेत रहेका आचार्य वर्षेनी विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्नुका साथै औषधिसमेत वितरण गर्दै आएका छन् ।