बंगलादेशविरुद्ध नेपाल २–१ ले विजयी



काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले जित निकालेको छ । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सबिता राना र प्रिती राईले डेब्यू गोल गरिन् । पहिलो हाफमा नेपालले बंगलादेशमाथि २–० गोलको अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा नेपालले गोल खायो ।

नेपालका लागि सबिता रानाले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सबिताले खेलको १४औँ मिनेटमा बिमलाको क्रसमा गोल गरेकी थिइन् । त्यस्तै खेलको २२औँ मिनेटमा प्रितीले गोल गर्दै टिमको अग्रता दोब्बर पारिन् ।

उनले सरु लिम्बुको पासमा गोल गरेकी हुन् । ८३औँ मिनेटमा बंगलादेशकी टोहुरा खातुनले गोल फर्काइन् । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो । दुई टोलीबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको तरुण विभागद्वारा साफ उपविजेता टोलीलाई सम्मान

काठमाडौं । माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगिताको उपविजेता टोलीलाई नेपाली

फुटबल प्रशिक्षक अल्मुताइरीद्वारा एन्फासँग तीन वर्षका लागि सम्झौता थप

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबलस सङ्घ

महिला फुटबलमा भक्तपुरको जित

काठमाडौं । भक्तपुर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा सान्त्वना जित

एएफसी यू–२३ एसियन कप छनोट फुटबलः नेपाल इरानसँग पराजित

काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली