विश्वकप छनोटः ब्रजिल र आर्जेन्टिनाबीचको खेल सुरु भएको पाँच मिनेटपछि स्थगित



खेलाडीले कोभिड नियम तोडेको भन्दै विश्वकप छनौट अन्तर्गत ब्राजिल र अर्जेन्टिना बीचको खेल रद्ध भएको छ । अर्जेन्टिनाका खेलाडीले कोभिड नियम पालना नगरेको ब्राजिलियन स्वास्थ्य अधिकारीले बताएका छन् ।

साओ पाउलोमा खेल सुरु भए लगत्तै ब्राजिलका स्वास्थय अधिकारी मैदान प्रवेश गरेका थिए ।  स्वास्थ्य अधिकारीले अर्जेन्टिाइन टिममा रहेका प्रिमियर लिग खेल्ने चार खेलाडीले अनिवार्य रुपमा आइसोलेसनमा बस्नु पर्ने बताएको केही घन्टा पछि यो नाटकीय घटना भएको हो ।

खेल सुरु भएको पाँच मिनेट पछि स्वास्थ्य अधिकारी मैदान पसेर अर्जेन्टिनाका खेलाडीलाई समात्न खोजेका थिए । त्यसपछि रेफ्रिले खेल रोके । लगत्तै अर्जेन्टिनाका खेलाडीले पिच छोडेका थिए । अर्जेन्टिनाका कप्तान लियोनल मेसी, ब्राजिलियन खेलाडी र दुई देशका प्रशिक्षक बीच  पिचमा केही समय छलफल भएको थियो । त्यसपछि खेल रद्ध भयो । कुन खेलाडीले स्वास्थ्य मापदन्डको उल्लंघन गरेको भन्ने बारे खुलाइएको छैन ।

अर्जेन्टिनाको टिममा रहेका इमिलियानो मार्टिनेज, इमिलियानो बुएन्डिया, जियोभानी लो सेल्सो र क्रिस्टियन रोमेरोले प्रिमियर लिग खेल्छन् । यी मध्ये रोमेरो, सेल्सो र मार्टिनेज सरुवाती एघारमा थिए । बेलायतबाट आएका खेलाडीले झुट बोलेको अधिकारीको भनाइ छ । ब्राजिलको कोभिड नियम अनुसार बेलायत १४ दिन अघि बेलायत भ्रमण गरी आएका यात्रुले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम छ ।

फिफाले आधिकारिक रुपमा अर्जेन्टिना र ब्राजिल बीचको खेल रद्ध भएको जानकारी दिएको छ । यो खेल कहिले हुन्छ भन्ने नयाँ मिति तोकिएको छैन  । अर्जेन्टिाइन टिमले साओ पाउलोबाट स्वेदश फर्किइसकेको छ ।

दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिल अपराजित छ ।  शीर्ष स्थानमा रहेको नेइमार सम्मिलत ब्राजिलको  ७ खेलबाट २१ अंक छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको ७ खेलबाट १५ अंक छ ।  शीर्ष चार टिमले कतार विश्वकपमा स्थान बनाउनेछन् । पांचौ हुने टिमले प्ले अफ खेल्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त