क्रिस्टियानो रोनाल्डोद्वारा फुटबलमा नयाँ विश्व कीर्तिमान कायम



पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलमा सर्वाधिक गोलको नयाँ कीर्तिमान बनाएका छन् । विश्वकप फुटबलको छनोट चरणको खेलमा रिपब्लिक अफ आयरल्यान्डविरुद्ध उनले दुई गोल गर्दै आफ्नो गोल सङ्ख्या १११ पुर्याएका छन्।

उक्त खेलमा पोर्चुगल २–१ ले नाटकीय रूपमा विजयी भयो । सर्वाधिक गोलकर्ताको कीर्तिमान भङ्ग गर्न तथा लगत्तै विस्तार गर्दा ३६ वर्षीय रोनाल्डोले खेलको अन्तिमतिर टाउकोबाट बल प्रहार गरेर दुई गोल गरेका थिए।

त्यसअघि उनले प्रहार गरेको पेनाल्टी आयरिश गोलरक्षक ग्याभिन बाजुनूले विफल पारिदिएका थिए । इरानका लागि सन् १९९३ देखि २००६ सम्म १४९ खेलमा १०९ गोल गरेका अलि दाई यसअघि सर्वाधिक गोलकर्ता थिए ।

रोनाल्डोले यूरो २०२० मा फ्रान्सविरुद्ध दुई गोल गरेर उक्त कीर्तिमानसँग बराबरी गरेका थिए । म्यान्चेस्टर यूनाइटेडबाट क्लब फुटबल खेल्ने रोनाल्डो राष्ट्रिय टोलीका लागि १८० औँ खेलमा सहभागी भएर सेर्गियो रामोसको युरोपेली कीर्तिमानसँग पनि बराबरी गरेका छन् ।

फिफाका अनुसार मलेशियाका सोह चिन आनले १९६९ देखि १९८४ सम्म १९५ खेल खेलेका थिए। त्यो नै अहिलेसम्मको विश्वकीर्तिमान हो । नब्बे वा सोभन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने रोनाल्डो र दाइ मात्र दुई पुरुष खेलाडी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त