नेपाल र भारतबीचको खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडलाई



काठमाडौं । नेपाल र भारतबीचको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारणको अधिकार एडप्याडले पाएको छ । यसै महिनामा हुने उक्त खेलको प्रत्यक्ष प्रसारणको अधिकार नेपाल फुटबल सङ्घ (एन्फा) ले एडप्याडलाई बिक्री गरेको हो ।

एन्फाका महासचिव इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एडप्याडलाई २५ लाख १० हजारमा प्रत्यक्ष प्रसारणको अधिकार बिक्री गरेको एन्फाले जनाएको छ । एडप्याडका प्रबन्ध निर्देशक गिरीका अनुसार अब यस खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतसँग यही भदौ १७ र २० गते गरी दुई खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । दुवै मैत्रीपूर्ण खेल दर्शकविना नै गर्ने योजना रहेको एन्फाले जनाएको छ । आगामी असोजमा माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

  काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

  काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू