नेपाली बक्सर छिरिङलाई युएईमा पदक पक्का



काठमाडौं । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् ।

युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका युएईमा नेपाली टोलीका साथमा रहेका ओलम्पियन एवं प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिए ।

शेर्पाले आज सेमिफाइनल खेल्नेछन् । यस्तै जुनियरतर्फ महिला ५२ किलोमा नेपालकी स्वस्तिका तिरुवाले पनि पदक पक्का गरेका छन् । उनी सम्मिलित स्पर्धामा कूल चार खेलाडी मात्र सहभागी भएका छन् ।

प्रतियोगितामा नेपालबाट शेर्पा र तिरुवासँगै पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरी तथा महिला ५७ किलोमा नारिका राई सहभागी भएका छन् । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो ।

टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दीप श्रेष्ठ र दुर्गा गहतराज सहभागी छन् । टोलीको व्यवस्थापकमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । प्रतियोगिता आगामी असोज १५ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति रनिङ सिल्डमा उसुमा चार स्वर्णको टुङ्गो

काठमाडौँ । राजधानीमा जारी १४ औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत उसु खेलमा

विश्व वरियतामा ऐरीको नयाँ कीर्तिमान

  काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० वरियताको

साउदी अरेबियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा

  काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा

साउदी अरेबियाद्वारा नेपालसामू ७४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ ।  एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामू