बायर्न म्युनिखलाई जर्मन सुपर कपको उपाधि



बायर्न म्युनिखले लगातार दोस्रो सिजन जर्मन सुपर कपको उपाधि जितेको छ । बायर्नले गएराति भएको फाइनलमा चीर प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाइ तीन एक गोलले पराजित गरेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

सिग्नल इडुना पार्कमा भएको खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले सर्जी जिनाब्रीको क्रसमा आकर्षक हेडर गोल गरेका थिए । ४९ आंैं मिनेटमा थोमस मुल्लरले अग्रता दोब्बर बनायो । ५३ औं मिनेटमा डर्टमन्डका अर्लिङ हालान्डले गोल गरेका थिए । तर उनको गोलले मान्यता पाएन ।

६४ औं मिनेटमा मार्को रेउसले बायर्न सँगको दुरी दुई एकमा झार्दै डर्टमन्टलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।  तर ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्न सिजनको पहिलो उपाधि जित्न सफल भयो । बायर्न गोलकिपर म्यानुएल न्योरले हालान्ड र रेउसको दुई उत्कृष्ट प्रहारको बचाउ गरेका थिए । गत सिजन पनि बायर्नले डर्टमन्डलाई तीन दुई गोललेनै हराएर उपाधि जितेको थियो । उसले पछिल्लो ६ सिजनमा पाँच पटक जर्मन सुपर कप जितेको छ । युलियान नेगल्समनको बायर्न प्रशिक्षकका रुपमा यो पहिलो उपाधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यु–१६ इस्ट जोन कप क्रिकेटका लागि नेपाली टोली घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताका

आइसिसी क्रिकेटः नेपाल लगातार दोस्रो जितको खोजीमा

  काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृङ्खलामा नेपाल लगातार

गण्डकी प्रदेशस्तरीय क्रिकेट : घरेलु टोली कास्कीको लगातार दोस्रो जित

कास्की । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगितामा

कीर्तिपुरकी एलिना नाथिङले जितिन् एकल कातामा स्वर्ण पदक

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी एलिना नाथिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल