साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने


काठमाडौँ । साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघको सोमबार बसेको बैठकले  साफ च्याम्पियनसिप माल्दिभ्समा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको आयोजनाका लागि दाबी पेस गर्नेमा नेपाल र भारत पनि रहेको थियो ।

प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म हुनेछ । यसअघि बंगलादेशले आयोजना गर्ने तय रहेको प्रतियोगिता कोभिड १९ का कारण हुन गर्न नसक्ने भएको थियो । नेपालले आयोजना गर्ने सम्भावना बलियो रहेता पनि महासंघ माल्दिभ्सको पक्षमा रह्यो । माल्दिभ्स प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । नेपालले भने प्रतियोगितामा सहभागिताका लागि तयारी सुरु गरिसकेको छ ।