फिफा विश्वकप छनाैटमा नेपालको सहज जित,ताइपेइ २-० ले पराजित



काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ ।

कुवेत स्थित जाबेल अल अहम रंगशालामा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २/० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो ।

खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई जित दिलाएका थिए । खेलको ८२ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले गोल गर्दै नेपाललाई २/० गोलको जित दिलाए ।

जितसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ । चिनियाँ ताइपेईले दोस्रो हाफमा नेपाललाई केही दबाबमा राख्न सके पनि निर्णायक सावित आक्रमण भने बुन्न सकेन ।

अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जेठ २५ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । अ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिङ्कु सदा मृत्यु प्रकरणमा वडा सदस्यसहित १० जना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा

चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश

झापा । चर्च ब्वाइज युनाइटेड काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा

परराष्ट्रमन्त्री राणा नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली

लागूऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई एक वर्ष कैद सजाय

नवलपरासी । लागूऔषध मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्तालाई एक वर्ष कैद