फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ का छनोट खेल्न नेपाली राष्ट्रिय टोली कुवेत पुगेको छ । शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली गएराती स्थलमार्ग हुँदै कुवेत पुगेको हो ।
कुवेतमा नेपालले छनोटचरणका बाँकि ३ खेल खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताइपेइसँग खेल्नेछ । दोस्रो खेल जेठ २४ गते जोर्डन र अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ ।
समूह ‘बी’अन्तर्गत पाँच खेल खेलेको नेपालको समूह तालिकामा तीन अङ्क रहेको छ । चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्ग जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ । १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ ।
त्यसैगरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने चाइनिज ताइपेइ तालिकाको अन्तिम स्थानमा अङ्कविहीन छ । तालिकाको चौथो स्थानमा रहन सके नेपालले एसीयन कप छनोटको अर्को चरणमा स्थान बनाउनेछ ।

प्रतिक्रिया