एसिया कप टि–२० क्रिकेट प्रतियोगिता स्थगित


श्रीलंकामा आगामी जुनमा हुने तय भएको १५ औ संस्करणको एसीया कप टि–२० क्रिकेट प्रतियोगिता स्थगित भएको छ ।

एसियाली क्रिकेट काउन्सील एसीसीले कोरोना माहामारीको कारण देखाउदै प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । ६ टोलीले प्रतिस्पर्धा गर्ने एसियाकप अब अर्को बर्ष श्रीलंकामै हुनेछ ।

कोरोना माहामारीका कारण एसियाकपको छनोट खेलपनि रोकिएपछि प्रतियोगिता अन्योलमा परेको हो । मलेसीयामा हुने तय भएको छनोट खेलपनि हुन नसकेको तथा कोरोना माहामारीको असर थप बढ्दो क्रममा रहेको भन्दै एसीसीले यो बर्षको प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

आईसीसी बरियतामा शीर्ष ५ स्थानमा रहेका एसियाली मुलुकहरु प्रतियोगितामा स्वत: छनोट हुनेछन् । बाँकि  एक टोली प्रतियोगीतबाट छनोट हुनेछन् । वरियतामा रहदै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सिधै प्रतियोगिता  खेल्नेछन् । बाँकि एक टोलीको टुंगो लाग्न बाँकि रहेको छ ।

रिजनल छनोटबाट आएका ४ टोली अन्तिम छनोटमा रहेका छन् । पुर्बी क्षेत्रीय छनोटबाट सिंगापुर र हङकङ तथा पश्चिम क्षेत्रीय छनोटबाट युएई र कुवेत रहेका छन् । नेपाल भने क्षेत्रीय छनोटबाटै बाहिरिसकेको छ ।