काठमाडौंलाई अतिरिक्त समयमा हराउँदै धनगढी एनएसएलको फाइनलमा



काठमाडौं । काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा पराजित गरी धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलको अतिरिक्त समयमा मार्की खेलाडी विशाल राईले निर्णायक गोल गरेका थिए ।

१०८ औं मिनेटमा रमेश दंगालको हेडर पासमा विशालले वान भर्सेस वानमा सहजै गोल गरेका थिए । अतिरिक्त समयको अन्तिम ७ मिनेट काठमाडौंले केहि अवसर सृजना गरे पनि गोल गर्न सकेन ।

११५ मिनेटमा स्टेफन विनोङको फ्रिकिकमा गोलरक्षकले रोकेपछि रिवाउण्ड बलमा अन्जन राईले क्लोज रेन्जबाट गरेको प्रहार आकाशिएसँगै काठमाडौं बराबरी गोल फर्काउन चुकेको थियो । यसअघि निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेका थिए । निरश पहिलो हाफपछि दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

७५ औं मिनेटमा तेज तामाङले गोल गरी काठमाडौंलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको क्रसमा तेजले क्लोज रेन्जबाट ओपन हेडर गोल गरेका हुन् । तीन मिनेटपछि नै धनगढीले बराबरी गोल फर्कायो ।

विशाल राईको कर्नरमा फ्र्यांकलिन कुतेको हेडरलाई सदुपयोग गरी पुजन उपर्कोटी पेनाल्टी एरियाबाट गरेको एक्रोब्याटिक प्रहार उत्कृष्ट गोलमा परिणत भएको थियो ।

काठमाडौंले शनिबार हुने फाइनलमा सिधै प्रवेश पाएको छ भने काठमाडौंले फाइनल प्रवेशका लागि बिहीबार हुने इलिमिनेटर खेल खेल्नेछ । त्यहाँ उसले दोस्रो क्वालिफायर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
दोस्रो क्वालिफायर खेलमा बुधबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसीसी प्रिमियर कपको फाइनलमा पुग्न नेपाल असफल, यूएईसँग पराजित

  काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो

यूएईलाई नेपालले दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईलाई १२० रनको लक्ष्य

टस हारेर नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । एसीसी प्रिमियर कपअन्तर्गत युएईविरुद्ध हुने पहिलो सेमिफाइनल खेलमा नेपालले टस हारेको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त