स्पेनिस ला लिगामा बार्सिलोनाको पूनरागमन जित


बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा फर्किएको छ । ३४ औ चरणको खेलमा भ्यालेन्सीयालाई ३–२ गोल अन्तरले हराउदै बार्सा उपाधि होडमा फर्किएको हो । भ्यालेन्सीयाको मैदानमा बार्सालाई जिताउन लियोनल मेस्सीले २ तथा एन्टोनियो ग्रीजमनले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल खेलको दोस्रो हाफमा भएका थिए । ५० औ मिनेटमा ग्राबियल पउलिष्टाको गोलमा अग्रता बनाएको भ्यालेन्सीयाबिरुद्ध १२ मिनेटभित्र बार्साले ३ गोल गरेको थियो । कप्तान मेस्सीले ५७ औ मिनेटमा टोलीलाई बराबरीमा पुर्याए । ६३ औ मिनेटमा ग्रीजमनले बार्सालाई २–१ को अग्रता दिलाएका थिए । ६९ औ मिनेटमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गर्दा बार्सा ३–१ को बलियो अबस्थामा पुग्यो ।

८३ औ मिनेटमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सीयाको अन्तर घटाएका थिए । यो जितसंगै बार्साको ३४ खेलबाट ७४ अंक भएको छ । उ तालिकाको तेस्रो स्थानमा कायम छ । दोस्रो स्थानको एट्लेटिको मड्रिडको पनि समान ७४ अंक छ । शीर्ष स्थानको एट्लेटिको मड्रिड भने रियल र बार्सा भन्दा २ अंक्ले अघि छ । बार्साले आगामी शनिबार घरेलु मैदानमा एट्लेटिको मड्रिडसंग खेल्नेछ ।

गएरातीनै भियारियलले गेटाफेलाई तथा काडिजले ग्रानाडालाई समान एक शुन्यले पराजित गरे । रियल भल्लाडोलिड र रियल बेटिसले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।