ईन्टर मिलानले ११ वर्षपछि ईटालियन सिरि ए फुटबलको उपाधि जितेको छ ।
उपाधि होडमा रहेको एटलान्टा ३४ औ चरणको खेलमा सासुउलोसंग एक एक गोलको बराबरीमा रोकिएसंगै ईन्टर ४ खेल अगावै सिरि ए च्याम्पियन भएको हो । ३४ खेलबाट ८२ अंकसहित ईन्टर शीर्ष स्थानमा रहेको छ । एटलान्टाको समान खेलबाट ६९ अंक भएको छ ।
४ खेल बाँकि रहदा ईन्टरले १३ अंकको अग्रता बनाउदै उपाधि जितेको हो । उसले सन् २०१० पछि पहिलो पटक सिरि ए फुटबलको उपाधि हात पारेको हो ।शनिबार राती क्रोटोनलाई हराएसंगै ईन्टरको उपाधि यात्रा सहज बनेको छ । साविक विजेता युभेन्टस ६९ अंकमा तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया