च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको जित


च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा म्यानचेष्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा बनाएको अग्रता जोगाउन नसक्दा पिएसजी २–१ गोल अन्तरले पराजित भएको हो ।

सिटीको जितमा  केभिन डी ब्रुयेन र रियाद महारेजले  गोल गरे । १–० लेपछि परेको अवस्थामा ६४ औं मिनेटमा केभिनले गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए । खेलको ७१ औं मिनेटमा महारेजले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

पिएसजीका लागि खेलको १५ औं मिनेटमा कप्तान माक्रिन्हसले हेड मार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।घरेलु टोली पिएसजी १० खेलाडीमा समेटिएको थियो । ७७ औं मिनेटमा सिटीका खेलाडी इकाए गुन्डेवानलाई फउल गरेपछि पिएसजीका खेलाडी इड्रिसा गुएईले रातो कार्ड पाएका थिए । पहिलो लेगमा अग्रता बनाएको सिटीलाई दोस्रो लेगका लागि सहज भएको छ । पिएसजी भने दबावमा परेको छ ।