हैदराबादलाई हराउँदै चेन्नई आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा



इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादलाई हराउँदै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लेको हो । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । चेन्नईका लागि रुतुराज गायकवाडले ७५ तथा फाप डु प्लेसिसले ५६ रनको योगदान गरे । यस्तै, सुरेश रैनाले १७, मोइन अलिले १५ र रविन्द्र जडेजाले ७ रन बनाए ।

हैदराबादका राशिद खानले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । हैदराबादका लागि मनिस पाण्डे र डेबिड वार्नरले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।

मनिषले ६१ रन तथा डेभिड वार्नरले ५७ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन । जितसँगै चेन्नईले ६ खेलमा १० अंक जोडेको छ । हैदरावादले ६ खेलमा २ अंकसहित तालिकाको पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली क्रिकेटले असम्भव लाग्ने कल्पनालाई सम्भव बनायो

नारायण गाउँले । साधनस्रोत चाहिन्छ, पैसा चाहिन्छ तर सबैभन्दा बढी ‘सही मान्छे सही

एनपीएलमा कुन खेलाडीले जिते कुन अवार्ड ?

  काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आर्कषक पुरस्कारको रूपमा रहेकोे

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि

दीपेन्द्रले पाए ओमोडाको कार

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडी हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान