सिटी र रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा



लिभरपुललाई गोलरहित बराबरीमा रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ३–१ को जित हासिल गरेको रियलले लिभरपुललाई रोक्दै प्रतियोगिताको अर्का चरणमा प्रवेश गरेको हो ।

लिभरपुलले पहिलो हाफमा गोलका थुप्रै अवसरहरू गुमाएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले लिभरपुलका प्रयासहरूलाई विफल बनाएका थिए । उता, रियलका लागि करिम बेन्जेमाको प्रहार पोष्टमा लागेको थियो ।

रियल युरोपियन कप–च्याम्पियन्स लिगको सेमिफाइनलमा कीर्तिमानी ३० औँ पटक प्रवेश गरेको छ । रियलले अब सेमिफाइनलमा अर्को इङ्ग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

उता, बोरुसिया डर्टमण्डलाई हराउँदै म्यानचेस्टर सिटीले पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । सिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको यो दोस्रो पटक हो ।

पहिलो लेगमा २–१ को जित हासिल गरेको सिटी खेलको १५ ओँ मिनेटमा नै पछि परेको थियो । १७ वर्षीय जुट बेलिङहमले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा रियल महारेजले पेनाल्टीबाट गोल गर्दै सिटीलाई खेलमा फर्काए । खेलको ७५ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । सिटीले अब सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बार्सिलोना स्पेनिस ला लिगामा लेभान्टेसँग निराशाजनक बराबरी

स्पेनिस ला लिगा फुटबलको उपाधि होडमा रहेको बार्सिलोनाको उपाधि होडमा ठुलो धक्का लागेको

म्यानचेस्टर सिटीलाई ईङलिश प्रिमियर लिगको उपाधि

म्यानचेष्टर सिटीले ईङलिश प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । उपाधि होडमा रहेको

काठमाडौंलाई अतिरिक्त समयमा हराउँदै धनगढी एनएसएलको फाइनलमा

काठमाडौं । काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा पराजित गरी धनगढी एफसी नेपाल सुपर लिग

नेपाल सुपर लिगः काठमाडौं प्ले अफमा

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत आइतबार भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई