पोखरा । संकटा क्लब साविक विजेता मनाङ मस्र्याङ्दी क्लबलाई एक शून्यले हराउँदै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
सोमबार पोखरा रंगशालामा भएको खेलको ४४औं मिनेटमा फोफानाले गरेको एक मात्र गोल संकटालाई सेमिफाइनलमा पुर्याउन सफल भयो । प्रतिस्पर्धात्मक खेलमा गोलका लागि पर्याप्त अवसरको सिर्जना गरेको मनाङले फिनिसिङमा चुक्दा प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिनु पर्यो ।
जितसँगै अन्तिम चारमा स्थान बनाएको संकटाले फाइनल प्रवेशका लागि पहिलो खेलको विजेता नेपाल एपीएफ क्लबसँग बुधबार खेल्ने छ । एपीएफ शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
आठ टिम सहभागी भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछन् । मंगलबार हुने प्रतियोगिताको अन्तिम सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया