काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामछिानेले इंल्ग्यान्डमा टि–२० क्रिकेट खेल्ने भएका छन् । इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि–२० ब्लास्टका लागि सन्दीपलाई वर्सेस्चरसायर रापिड्सले सन्दीपलाई अनुबन्ध गरेको हो ।
रापिड्सका मुख्य प्रशिक्षक एलेक्स गिडमनले सन्दीपको अनुबन्धबाट खुशी भएका छन् । उनले टिममा लेग स्पिनरको अवाश्यकता रहेका उनी अनुभवी पनि भएकाले टिमको रोजाईमा सन्दीप परेको बताए ।
प्रशिक्षक गिडमनले टिममा एक उत्उष्ट खेलाडीको आगमन भएको बताएका छन् । उनले सन्दीपको आगमनले टिम सन्तुलित र बलियो बनेको बताएका छन्। रापिड्सले वेवसाइटमार्फत सन्दीपले टि–२० ब्लास्टका समूह चरणका खेल खेल्ने उल्लेख गरेको छ।
सन्दीपलाई क्लब ल्याउन रिकी वेस्सेल्सले भूमिका खेलेको रापिड्सले जनाएको छ । वेस्सेल्स र सन्दीपले पाकिस्तान सुपर लिगसँगै खेलेका थिए ।
रापिड्सले विदेशी खेलाडीका रुपमा सन्दीपसँगै अस्ट्रेलियन खेलाडी बेन ड्वार्सहुइस र वेस्टइन्डिजका अल्जारी जोसेफलाई अनुबन्ध गरेको छ । प्रतियोगिता जुन ९ देखि १८ सेप्टेम्बरसम्म हुने प्रतियोगिताका सबै खेल लागस अभाइलेबलमा हुने छ। रापिड्सले जुन ९ मै नटिङ्घमसायरसँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ।

प्रतिक्रिया