काठमाडौं । मंगलबारदेखि दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जानकारी दिएका हुन् । प्रशिक्षक महर्जनजले तीन महिनादेखि निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।
महर्जनले नोभेम्बरमा बंगलादेशमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई निराश नबनाउने बताए । यस्तै प्रि–म्याच कन्फरेन्समा बोल्दै टोलीका उपकप्तान रोहित चन्दले लामो समयपछि मैदान फर्कन पाउँदा टोली निकै उत्साहित भएको बताए ।
यस्तै बंगलादेश र किर्गिस्तानका प्रशिक्षक र कप्तानले पनि तयारी राम्रो गरेको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए ।

प्रतिक्रिया