नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

अक्सन शुक्रबार हुँदैछ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । एन्फाले अक्सनका लागि बिहीबार ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो ।

अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन् । एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो ।

आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ ।

नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन । एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने छन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ । उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।