एटलेटिकोलाई हराउँदै चेल्सी ७ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



दोस्रो लेगमा २–० को जितपछि एट्लेटिको मड्रिडलाई समग्रमा ३–० गोलअन्तरले पराजित गरी चेल्सी सात वर्षपछि युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो लेगमा १–०को अवे जित निकालेको चेल्सीका लागि दोस्रो लेगमा इमर्सन पल्मिरीले खेलको अन्तिम मिनेटमा गोल गरी २–० को जित निश्चित गराएका थिए । त्यसअघि पहिलो हाफको ३४ औं मिनेटमा हाकिम जियाचले गेल गरेका थिए ।

अघिल्लो संस्करणको यही चरणमा एट्लेटिकोको त्यतिबेलाको साविक विजेता लिभरपुललाई पराजित गरेको थियो । तर यस खेलमा जियाचको गोलपछि एट्लेटिकोले खेलमा फर्कर्ने सामर्थ्य नै राखेन ।

बरु थोमस टचेलले जिम्मेबारी संहालेपछि लगातार १३ खेलसम्म अविजित बनेको चेल्सीले विभिन्न अवसरहरु सृजना गरिरहेको थिो । ८१ औं मिनेटमा एट्लेटिकोका स्टेफान सेभिक तारो कार्ड खाँदै मैदान बाहिरिएपछि १० खेलाडीमा समेटिएको थियो ।

अर्को खेलमा साविक विजेता बायर्न म्युनिखले दोस्रो लेगमा इटलीको लाजियोमाथि २–१ को जित निकाल्यो । पहिलो लेगमा ४–१ को अवे जित हासिल गरेको बायर्न समग्रमा ६–२ को फराकिलो अन्तरले विजयी रह्यो ।

रोवर्ट लेवण्डोस्कीले ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाएका थिए । फ्रान्सिस्को असर्बीले लियोन गोरेज्कालाई बक्सभित्र धकेलेपछि बायर्नले पेनाल्टी पाएको हो ।

७३ औं मिनेटमा इरिक म्याक्सिम चुपोले गोल गरी २–० को अग्रता दिलाए । खेलको अन्त्यतिर मार्को पारोलोले एक गोल फर्काए पनि समग्रमा बायर्नको अग्रता धेरै भइसकेको थियो ।

यी दुई खेलसँगै च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने टोलीहरुको टुंगो लागेको छ । यसपल्ट इंग्ल्याण्डबाट ३ टोलीले क्वाटरफाइनल यात्रा गर्दा इटलीबाट एउटा टोली पनि अन्तिम १६ बाट माथि जान सकेनन् ।

इटलीको युभेन्टस र स्पेनको बार्सिलोना पनि अन्तिम १६ बाटै बाहिरिएपछि १५ वर्षपछि पहिलोपल्ट क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा देख्न पाइने छैन ।क्वाटरफाइनल र सेमिफाइनल खेलका लागि ड्र शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको

प्रधानमन्त्री कप महिला क्रिकेटको उद्घाटन खेलमा सुदूरपश्चिम विजयी

  बैतडी  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि धनगढीमा सुरू भएको

सुकुटेमा ‘बिच भलिबल’ प्रतियोगिता

सिन्धुपाल्चोक । मंगलबारदेखि सिन्धुपाल्चोकस्थित पर्यटकीय क्षेत्र सुकुटेमा सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय

बागमती गोल्डकप फुटबल फागुनमा

हेटौँडा। सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ।