पोर्चुगिज फूटबल स्टार क्रिष्टियानो रोनाल्डोले हाल आवद्ध क्लब युभेन्टस् छाड्ने भएका छन् । मिडिया रिपोर्ट अनुसार युभेन्टस्ले युइएफए च्याम्पियन्स लिगमा रोनाल्डोको खराब प्रदर्शनपछि ट्रान्सफर विन्डोमा रिलिज गर्ने सोच अघि सारेको छ ।
जसका लागि युभेन्टस्ले ट्रान्सफर फि पनि तय गरेको दाबी पनि गरिएको छ। रिपोर्ट अनुसार युभेन्टस् स्टार रोनाल्डोको मूल्य २५२ करोड रुपैयाँ तोकिएको छ । सन् २०१८ मा रोनाल्डो युभेन्टस्मा आवद्ध भएका थिए। त्यसयता उनी क्लबका उत्कृष्ट खेलाडी रहँदै आएका छन् । अहिलेसम्म क्लबमा उनले १२१ खेलमा ९२ गोल गरेका छन्।
२२ वटा गोलमा असिस्ट गरेका छन् । युभेन्टस्ले च्याम्पियन्स लिग जित्नका लागि रोनाल्डोसँग सम्झौता गरेको बताएको थियो । रोनाल्डो आएपछि च्याम्पियन्स लिग जित्न उत्साही बनेको युभेन्टस् च्याम्पियन्स लिगमा लगातार पछिल्ला तीन सिजन नकआउट चरणबाटै बाहिरियो । सन् २०१८ अघि ४ वर्षमा युभेन्टस् २ पटक फाइनलमा पुग्न सफल भएको थियो । युभेन्टस्मा आवद्ध भएपछि रोनाल्डो लगातार ३ वर्षसम्म लिगको क्वाटरफाइनलभन्दा अघि बढ्न सकेनन्।

प्रतिक्रिया